१९ श्रावण २०७८, मंगलवार

ईश्वरी बरदानको रुपमा भौरा टप्पा ।

बाबुराम चौधरी
नेपालको भौगोलिक धरातलयिको आधारमा तत्कालीन शासकहरुको नेपालको सबै क्षेत्रको चौतर्फिविकास गर्नका लागि १४ अंचल ७५ जिल्लाहरुमा विभक्त गरीएको थियो । त्यस मध्ये बर्दिया जिल्ला पनि एकहो ।यसै जिल्लामा रहेको एघार गा.वि.स.लाई भौरा टप्पाको नामले चिरपरिचित रहेको छ । यसका सिमानाहरु ः–पुर्वमा कोठियाको गेरुवा नदी, पश्चिममा कर्णाली नदी उत्तरमा ओखरीयाको बाध र दक्षिणमा छिमेकी मित्र राष्ट्र भारत पर्दछ । पुर्वजहरुको कठनअनुसार यस भौरा टप्पामा बनजंगल ले भरिपुर्ण थियो । भन्ने भनाई रहेको छ । यस ठाँउमा मानिसहरुको बस्ती बसाल्ने परिकल्पना सायदै कसैले पनि गरेको थिएनन होला तर समय परिवर्तन हुदै जानु प्रकृतिको शासत नियम पनि हो ।त्यस समयका केन्द्रमा बस्ने केही धुर्त जमातहरुले सोचे अनुसार बर्दिया जिल्ला एक अन्नको भण्डार होभन्ने कुरा थाह पाइसकेपछि यस टप्पको अन्कष्टार जंगललाई यसै जिल्लामा बसोवास गरेको रवाहिरी जिल्लाबाट भए पनि कामदारहरुलाई बसाई सराई गराईवन जगलहरुलाई फडानी गरी मानव बस्ती बसाल्न थालेतर यस ठाँउमा मानिस बस्ती बसाल्नेउपयुक्त ठाँउ भने थिएन किन भने यस ठाँउमा बाह्रैमास महामारी रोगहरु लाग्ने जस्तै हैजा,झाडा पखाला, कालाज्वर हात्ती पाईले टाईफईट रमलेरिया जस्ता संक्रामक रोग ब्याधीहरु लाग्ने गर्दथ्यो । पुर्वजहरुको भनाई अनुसार बर्दिया जानु भनेको मृत्युशैयारुपी ओछायानमा गई मृत्यूवरण गरिने अवस्था विद्यमान थियो तर पनि केही धुर्तजमातहरुले आफ्नो व्यक्तिगत स्वार्थ पुर्ति गनैका लागि ती सर्वहारा सुुकुम्वासीहरुलाई उक्त काम गराउनका निम्ती बर्दिया जिल्लाको भोरा टप्पामा बस्न बाध्ये गराइथ्यो। यसरी ती रैती किसानहरुले पनि सुख र दु ःखका साथ यही मृत्युवरणरुपी शैयामा सहन गरेर भएपनि सो जग्गा फडानी गरेर अवादी बनाई सकेपछि तिनीहरुले अवाद गरेका सबै जग्गा आफ्नो नाम र नाता गोताहरुको नाममा दर्ता लगराउदै जान्थे तर युगौ देखी फडानी गरेर बसेका ती रैतीहरुको नाममा केहिल्यै पनि जग्गा दर्ता लहुन सकेन किन भने सबै दारुपन्यूआफैमा सीमित थियो । जसका कारण ती गरिब भोका नाङ्गा सुकुम्बासीहरु सदाका लागि दाश प्रथामा परिणत हुन पुगे । ती सर्वहारा सुकुम्वासीहरुलाई ईश्वरले मावन जिवन दिएपनि तिनीहरुले कहिल्यै पनि मानविय जिवनको व्यवहार पाउन सकेका थिएनन होला । बरु त्यसबेला एउटा कुकुरले उत्तम ज्विन विताएको होला तर गरिवहरुले विताउन पाएनन होला यो कठन सत्य पनि हो ।
आज २१ सौं शताव्दीको बैज्ञानीक युगपनि हो । हरेक मानिसको समयको परिवर्तनको साथ साथै विचार पनि परिवर्तन हुदै जान्छ । हरेक मानिसआफ्नो मौलिक हक आत्म निर्णयको अधिकार रजातिय पहिचानको महत्व बुझि सकेको अवस्था छ । अब सबैले आफ्नो जायज मागको मुद्धाहरु समाज र संसदमा उठाइरहेका देखिन्छन् तर हाल सम्म संसदमा वेवास्ता गरेको अवस्था छ। नेपालमा दास प्रथाको उन्मूलन को विषयमा अगाडी देखी संसदमा मुद्धा उठेको कारणले २०५८ सालमा तत्कालीन देउवा नेतृत्वको सरकारद्धारा दास प्रथाको सदा सदाका लागि अन्त्य भयो । यो नेपाली सर्वहारा सुकुम्वासीहरुका लागि गौरबको दिन र कालरात्रीको उन्मुक्तिको दिन पनि हो । अबका दिनमा संघीय संरचनाको आधारमा दुई चरणमा स्थानियतहको निर्वाचन पनि सम्पन्न भई जनताले जनप्रतिनीधीलाई पाइ सकेको अवस्था छ ।यस अवस्थामा कुनै पनि नेतृत्व कर्ताहरुले महत्वपुर्ण पदमा पुगेको बेलामा जनताको माग अनुसारको विकास गर्नका लागि कर्तव्य निष्ठ निस्वार्थ र पादर्शी ढगबाट काम गर्नचाहेको खण्डमा त्यो काम अवश्य पनि सफल हुन्छ उदाहरणका लागि नेपालमा दास प्रथाको अन्त्य भई सकेको छ । कल्पनामा पनि नचिताएको असभ्भव कोठिया र कर्णाली नदीको पुल सम्पन्न भइसकेको छ । पुर्व पश्चिमको हुलाकी सडक निर्माण शुरुवात हुन गइरहेको छ । वर्तमान सरकारबाट स्मार्टसिटीको अवधारण आई सकेको छ ।यस अवधारणा भित्र बर्दियाको भौरा टप्पामा रहेको राजापुरको एक एतिहासीक बजार समेत परेको ले यसभौरा टप्पावासीहरुमा ठूलो उत्साह र आसा पलाएको देखिन्छ ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button