१८ मंसिर २०७८, शनिबार

किन मनाईन्छ दशै ?

शिब अधिकारी
हरेक बर्षझै नेपालीजनमा दशैको लहर छाएको छ । मौसम परिवर्तनसँगै हरेक बर्ष आउने दशै मनोरम प्राकृतिक एबं आनन्दप्रद क्षण हो ।
खेत खलानामा झुलिरहेका धानका बाला, माथि देखिने नील गगनको मन लोभ्याउने खुल्ला दृश्य र शितल पवनको झोंकाबिच सन्निकट हुँदै आएको आम नेपालीको महान चाड दशै, अति मनमोहक आनन्दप्रदको क्षण हो । आश्विन शुक्ल प्रतिपदाबाट प्रारम्भ भई कोजाग्रत पुर्णिमाको दिनसम्म मनाईने यो पर्व निसन्देह हिन्दु धर्मावलम्बीको लागि महत्वपुर्ण बनेर आउने गर्दछ ।
दशैको बिधी बास्तबमा, यो चाड सुरु भएदेखि सकिएसम्म १० दिन उत्साहपुर्वक मनाईने भएकाले यसैलाई दशै वा दुर्गापुजा भनिएको हो । यस चाडको पहिलो दिनलाई घटस्थापना भनिन्छ । जसमुताबिक प्रत्येक घरका मुलीले आफ्नो निवासको उपल्लो तल्लाको कोठालाई लिपपोत गरेपश्चात मध्य भागमा धार्मिक बिधिअनुरुप जल–घडा स्थापना गरिन्छ । यो जल–घडा वा कलस शक्तिको प्रतिक हो । जुन प्रचलित हिन्दु हिन्दु बैद्धिक मान्यता र परम्पराबमोजिम शक्ति भनेकै देबि दुर्गाको स्वरुप हो । यस पवित्र जल–घडालाई प्रत्येक हिन्दु धर्मावलम्बीले साक्षात भगवतिको उपस्थिीति भएझै सम्झेर बडो आदर भावसँग पुजाअर्चना गर्ने गर्दछन । कलस स्थापनापश्चात सोको वरीपरी बालुवा माटो ओच्छ्याई त्यस उपर जौको बीउ छरीन्छ, अनि उक्त पवित्र स्थानलाई दशै घर भन्ने गरिन्छ । तदअनुरुप श्रद्धा–भक्तिको केन्द्र बनाईन्छ र अर्चना गरिन्छ । यसरी घटस्थापनाको सुरुवातदेखि लिएर आगामी नौ दिनसम्म दशै घरको पुण्य कलसलाई नित्य बिहान बेलुकी घरका सम्पुर्ण सदस्यले पुजापाठ गरी देबीको आराधाना उपासना गर्दछन । दशैको सातौ दिनमा फुलपातीको रुपमा यौटा रमाईलो बातावरणका बिच माता दुर्गाको प्रसादलाई ग्रहण गर्दै उहाँको महत्ताप्रति भक्तिभाव दर्शाइन्छ । घरघरमा बाहेक राष्ट्रिय स्तरमा पनि अवलोकन गरिने यो उत्सवको रुपरेखा प्रायजसो आमनागरीकमा भलिभाँती जगजाहेर भएकै हुनुपर्छ, किनभने गोर्खा दरबारबाट बिशेष समारोहकाबिच सम्मानपुर्वक ल्याईने यो फुलपाति काठमाण्डौको जमलमा ल्याईपुर्याई त्यस उप्रान्त बाजागाजासहित बसन्तपुरको नाशलचोकमा भित्राईन्छ र त्यसै समयमा बिशिष्ट व्यक्ति र आम नेपालीको उपस्थीतिमा सदर टुँडिखेलको मैदानमा सैनिकहरुले शक्ति देबी दुर्गामाताको सम्मानमा बढाँई गर्दछन । सप्तमीको भोली र पर्सिपल्ट महाअष्टमी र महानवमीका दिनले बडा दशैको महत्वपुर्ण पक्षलाई धार्मिक अनुयायीहरुले सारगर्भितरुपमा अझ बढि उजागर गरी आफुलाई शक्ति पुजामा लिप्त बनाईदिन्छन । यी दुई दिनमा देबिका मठमन्दीर र नवमीको अवशरमा तुलजा भवानीको हनुमानढोकास्थीत मन्दिर प्राङ्गणमा ठुलो समुदायले दर्शन भेट गर्दछन । महाअष्टमी र महानवमीको पर्वमा माता दुर्गाको प्रतिमामा पशुपलि दिने परम्परा नेपाली हिन्दुमाझ आदिकालदेखि चलिआएको बिशेषता हो । यो बलिप्रथालाई एकथरीले दैबि प्रतिष्ठान अनुरुपको अनिवार्य शर्तको रुपमा ग्रहण गर्दछन भने अर्को पक्षले चाही पशुबलि आवश्यक नभएको र पबित्र मन्दीरमा रगतको बली चढाउँदा देबीदेबता प्रसन्न नहुने मत राख्छन । दशैको नौ दिनसम्म गरिने पुजा–पाठलाई नवरात्रीको रुपमा ग्रहण गरिन्छ । नवरात्रीमा सम्पादन हुने अनुष्ठानले शान्तिको स्थापना हुने, मंगलसिद्धि र पुण्यलाभ हुने धार्मिक ग्रन्थमा बर्णित छ । १० औ दिनको अन्तिम क्षण भने आपसी मिलन, मान्यजनको आर्शिबाद र बैमनश्यमुक्त सद्भावपूर्णको सुअवसर हो, जसको प्रतिक भनेको पूज्य मातापिताद्धारा निधारमा लगाईने टिका र शिरमा थापिने जमरा हो । दशैमा अपनाईने यिनै बैदिक क्रियाकलापबाट अधर्ममाथि धर्मको बिजय, अन्यायको खिलाफमा न्यायको र असत्यको उपरमा सत्यको बिजय हुने मान्यता राखिन्छ । त्यसै भएर आफुमा अन्र्त्निहित आसुरी प्रबृत्तिहरु जस्तै काम, क्रोध, लोभ, मोहलाई दुर्गापुजाको बिधीद्धारा नाश गर्ने अनुपम अवशर हो ।
Image Credit: eKantipur
पौराणिक मान्यता
देबि दुर्गाले बिनासकारी दानब महिषासुरको बध गरेर धर्मको स्थापनाको साथै असत्यमाथीको यो बिजयलाई नै मानब जातिले दश दिनसम्म धार्मिक अनुष्ठान गरी सत्यको पुर्नस्थापना भएको दिनको रुपमा सम्झन्छन, र देबी प्रति आदरभाव दर्शाउने यो उत्सव हो भन्नु उचित हुन्छ । दशैको प्रशंग रामायणसँग पनि जोडिन आउँदछ । मर्यादा पुरुषोत्तम रामले राक्षष रावणको बध गरेपछि धर्ममाथि भएको बिजयपनि धुमधामसँग मनाईएको पर्वसँग धर्मको रक्षा भएबाट सम्पुर्ण जगतले हर्षबाणी गरेको घट्नासँग सम्बन्ध राख्दछ । जेभएपनि दशै चाडले मानिसलाई सद्बुद्धि प्रदान गरी अनुशासन र मर्यादाको पाठ सिकाई धर्मप्रति निष्ठाभाव राख्न मार्ग्निर्देश गर्दछ र हालसम्म गरिएको छ पनि । यसै अर्थमा बडा दशैको मुल्य र मान्यता अलौकिक छ, अमर छ र शनातनी छ । दशै पर्व प्रकृति पुजनको बिषयसँग पनि निकट रुपमा तादाम्य राख्दछ । धार्मिक बिश्वासका साथ प्रयोगमा ल्याईने अक्षता जमरा, रातो अबिर चढाईने फुलमाला एबं पिपलका पातले यसै प्रशंगको संकेत गर्दछ । यर्थाथमा प्रकृति देबि पनि नवदुर्गाको एक बिशिष्ट स्वरुप हुन नै जसको अनुकम्पले बृष्टिद्धारा धर्तिबाट अन्न उब्जाउन सुगम बनाईदिनुहुन्छ । धानबाली भित्राईने संघारमा आएर दशै मनाउनु धर्तीमाताप्रति न्यौछावर गरिएको अगाध भक्ति र समपर्णको द्योतक हो भन्न सकिन्छ ।
दुर्गाभवानीले सबैको कल्याण गरुन, बिजयादशमीको सबैलाई शुभकामना ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button