३ कार्तिक २०७८, बुधबार

गणित नै जीवन

गणित प्रयाेशाला सम्बन्धी कार्यशाला

मानव जीवन नै गणितमय भएको र गणितको हरेक क्षेत्रहरु प्राचीनकालदेखि नै प्रयोग हुँदै आएको कुरा ‘एक विद्यालय एक गणित प्रयोगशाला’ कार्यक्रममा औंल्याइएको छ ।
प्रविधिमैत्री शिक्षक समाज नेपाल, बर्दियाको आयोजना तथा गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा सोमबार आयोजित गुलरिया नगरपालिकाका आधारभूत तथा माध्यमिक तहमा गणित विषय अध्यापन गराउने शिक्षकहरुका लागि आयोजित एक दिने गणित प्रयोगशाला सम्बन्धी कार्यशालामा शुभकामना दिनुहुँदै प्रमुख अतिथि एवम् गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नीलकण्ठ रेग्मीले उक्त कुरा औंल्याउनुभएको हो । कार्यक्रममा सहभागी गणित शिक्षकहरुलाई अधिक फाइदा लिनका लागि पनि आग्रह गर्नुभयो |
एक विद्यालय, एक म्याथ ल्याब’ का अभियन्ता, एम म्याथ काठमाडौंका अध्यक्ष एमव् गणितज्ञ दयामान श्रेष्ठको सहजीकरण रहेको एक दिने कार्यशालामा वहाँले गणित विषयलाई बाल मस्तिष्कमा हाउगुजीको रुपमा भरिँदा डरलाग्दो अनि गाह«ो विषयका रुपमा मनस्पटलमा स्थापित हुन गएको कुरा बताउनुहुँदै जबसम्मसोचेर अभ्यास गर्ने बानीको विकास हुँदैन तवसम्म बालबालिकाहरु विधिबाट मात्रै अगाडि बढिरहँदा गणित विषयको सिकाइ स्तरमा वृद्धि नुहुने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा वहाँले गणित प्रयोगशाला स्थापित गरेर प्रत्यक्ष रुपमा बालबालिकाहरुलाई प्रत्यक्ष अनुभूति गरेर नै सिक्न दिने हो भने गणित विषय रुचीपूर्ण बन्ने र सिकाइ पनि रमाइलो हुने कुरा बताउनुहुँदै जियोजेब्रका माध्यमबाट भर्चुअल तथा वास्तविक शैक्षिक सामग्रीहरुको प्रयोग गरी सहित निकै आकर्षक तरीकाले आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियो ।
कार्यक्रमा सहभागीका तर्फबाट शम्भुशरण माध्यमिक विद्यालयका शिक्षक गीता अर्यालले कार्यक्रम निर्क पृथक लागेको र आगामी दिनमा यस प्रकारका तालिमहरुलाई स्थानीय तहबाटै आयोजना गरिनुपर्नेमा जोड दिनुभयो ।
प्रविधिमैत्री शिक्षक समाज, नेपाल गणित विषय सदस्य तथा जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणदत्त पौडेललको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा दुई दर्जन शिक्षकहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण प्रविधिमैत्री शिक्षक समाज केन्द्रीय प्राविधिक समिति सदस्य तथा लुम्बिनी प्रदेश संयोजक प्रभात सुवदीले गर्नुभएको थियो ।
यस अघि आइतबार बारबर्दियामा पनि यसै प्रकारको कार्यक्रमबाट बारबर्दिया नगरपालिकाका चालीस गणित विषयका शिक्षकहरुले लाभ लिएका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

KMJS ADS

Holler Box