३ कार्तिक २०७८, बुधबार

गुलरिया उधोग बाणिज्य संघको अध्यक्षमा बिरबहादुर चौधरी बिजयी

उद्योग बाणिज्य संघ गुलरियाको मंगलबार गुलरियामा सम्पन्न आठौ अधिवेशनबाट निवर्तमान कोषाध्यक्ष देवेन्द्र पाण्डेलाई पराजित गर्दे निर्वतमान उपाध्यक्ष एंव युवा उधमी बिरबहादुर चौधरी संघको नंया अध्यक्षमा निर्वा्चित भएका छन् ।
नव निर्वा्चित अध्यक्ष चौधरीले ५२७ मत प्राप्त गरे भने उनका निकटत प्रतिद्धन्दी देवेन्द्र पाण्डेले ४८४मत प्राप्त गरे ।
संघको प्रथम उपाध्यक्षमा हिमालय त्रिपाठी, द्धितीय उपाध्यक्षमा मनोजकुमार यादव,तृतीय उपाध्यक्षमा अजितराज भण्डारी,महासचिवमा शिवहरी पौडेल,कोषाध्यक्षमा गंगा पोखेरेल र सहकोषाध्यक्षमा मोहित पौडेल निर्वा्चित भएका छन् ।

नव निर्वा्चित अध्यक्ष चौधरीले ५२७ मत प्राप्त गरे भने उनका निकटत प्रतिद्धन्दी देवेन्द्र पाण्डेले ४८४मत प्राप्त गरे ।

यस्तै सदस्यहरुमा नरेशकुमार खत्री,सुरेश पौडेल,सुरेन्द्रप्रसाद बगाले,केशवप्रसाद रिजाल,कृष्णप्रसाद मैनाली,सरला के सी,दिनेश कुमार याादव,मनिष गुप्ता,संगीता महतारा,कृष्ण ढकाल,सकिल अहमद सिद्धिकी,मिनबहादुर खत्री निर्वा्चित हुनु भएको निर्वाचन समितिका सदस्य राजेन्द्रप्रसाद धितालले बताए ।
नया नेतृत्व चयनका लागि मंगलबार दिउसभरी बगलामुखी माविमा मतदान भई रातीबाट उधोग बाणिज्य संघको कार्यालयमा मतगणना भई बुधबार बिहान १०बजे मतगणनाको परिणाम सार्वजनिक भएको हो।
कुल १२०९ जना मतदाता रहेको गुलरिया उधोग बाणिज्य संघमा ११०० जनाले मतदान गरेकोमा ५७ मत बदर भएको निर्वाचन समितिका संयोजक ऋृषिराम काफलेले बताए।
गुलरिया उधोग बाणिज्य संघमा बिभिन्न २०पदका लागि ४०जनाले उम्मेदवारी दिएका थिए ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

KMJS ADS

Holler Box