३ कार्तिक २०७८, बुधबार

थारु समुदायमा अतवारी ब्रत (पर्ब) को महत्व ।

अतवारी ब्रत भदौ महिनाको शुक्ल पक्षको पहिलो आइतबार थारुहरुको (बर्कारमहान) अतवारी ब्रत हो । यस हिसाबले २०७३ सालमा भदौको १९ गते थारुहरुको बर्का अतवारी ब्रत हो । कसैलाई थाहा नभए यसलाई गाउँघरमा शेयर गरिदिए राम्रो होला । आइतबारलाई रबिबार पनि भनिन्छ । रबिको अर्थ सूर्य हो । हिन्दूहरुमा आइतबार ब्रत सूर्यको लागि बसिन्छ । तर थारुहरु यस ब्रतमा बिशेषतः भीम पुजा गर्दछन् भन्ने हाम्रो पुर्खाको भनाई रहेको छ । अन्य केहि मत पनि छन् । हाम्रा पुर्खाहरुले कृष्ण जन्म अष्टमीपछि पर्ने भाद्र महिनाको शुक्ल पक्ष (ओजरीया) को पहिलो आइतबारलाई बर्का (ठूलोरपहिलो) आइतबार मान्ने गरेका छन् । बढी अतवारी ब्रत बस्नेहरुले लगातार ७ आइतबार पनि ब्रत बस्ने गरेका छन् ।
व्रतकथा ः – एउटी बुढी आमै थिइन्। तिनको नियम थियो प्रति आइतवारका दिन बिहानै स्नान आदि गरी गोबरले घर लिपेर पुनः भोजन तैयार गरी भगवानलाई अर्पण गरी आँफू भोजन गर्द्थिन्। यसरी नियमित व्रत गर्नाले उनको घर अनेक किसिमका धनधान्यले भरिपूर्ण थियो। श्रीहरिको कृपाले घरमा कुनै किसिमको विघ्न वा दुःख थिएन। सबै प्रकारले घरमा आनन्दैआनन्द थियो। यसरी केही दिन बितेपछि उनकी एउटी छिमेकी स्त्री, जसको गोठबाट ती आमै गाईको गोबर ल्याउने गर्थिन्, विचार गर्न थालिन् ( यी वृद्घा सधैं मेरो गाईको गोबर लग्छिन्, त्यसैले म मेरो आफ्नो गाईलाई घरभित्र बाँध्न थाल्छु। उक्त गाईलाई गोठभित्र बाँधेर थुनेपछि आमैले गोबर लान पाइनन् र एउटा आइतवारका दिन घर लिप्न पाइनन्। त्यसकारणले उनले न त भोजन बनाइन् न भगवानलाई भोग अर्पण गर्न नै पाइन् अनि आँफूले पनि खान पाइनन्। यसरी उनले निराहार व्रत लिने प्रण गरिन्। रात पर्यो उनी भोकै सुतिन्। रातको समयमा सपनाले भगवानले उसलाई भोजन नबनाएको र भोग नलगाएको कारण सोध्नुभयो। वृद्घाले गोबर प्राप्त नभएका कारण कुनै पनि कर्म सम्पादन हुन नसकेको विवरण बिन्ती बिसाइन् अनि भगवानले आज्ञा गर्नुभयो ( हे माता! म तपाईंलाई एउटा यस्तो गाई प्रदान गर्नेछु जसले तपाईंका समस्त इच्छाहरू पूर्ण हुनेछन। किनकि तपाईं सधैं आइतबरका दिन गाईको गोबरले लिपेर घरलाई शुद्ध बनाई भोजन तैयार गरी मलाई अर्पण गरी स्वयं भोजन गर्नुहुन्छ। यस व्रतको प्रभावले खुसी भई तपाईंलाई वरदान प्रदान गर्दछु। निर्धनलाई धन र बांझी स्त्रीहरूलाई पुत्र प्रदान गरेर दुःख नष्ट गर्दछु तथा अन्त्य समयमा मोक्ष प्रदान गर्दछु। स्वप्नमा यसरी वरदान दिएर भगवान अन्तर्धान हुनुभयो र वृद्घाका आँखा खुल्दा उनले आँगनमा एउटा अति सुन्दर गाई र बाछो बाँधिएको देखिन।
त्यो गाई र बाछो देखेर अति प्रसन्न भएकी आमैले तिनलाई घरबाहिर बाँधि दिईन र घाँस हालिन। जब उनकी छिमेकी वृद्धाले घरबाहिर एउटा अति सुन्दर गाई र बाछोलाई देखिन अनि उनलाई डाहा त भयो नै अझ त्यस गाईले सुनको गोबर गोब्र्याएको दृश्य देख्दा त उनको मनमा खपिनसक्नु भयो उनले तुरुन्त त्यस गाईको गोबर आफ्नो गाईको गोबरसँग साटिन। ती छि मेकी संधै त्यसै गर्थिन, उता सोझी आमैलाई यस्तो चलाखीको अत्तोपत्तो थिएन। यस घटनापछि सर्वव्यापी ईश्वरले बिचार गर्नुभयो कि चलाख छिमेकीका कपटपूर्ण कर्मद्वारा वृद्धा ठगीएकीछन अनि ईश्वरले संध्याको समयमा आफ्नो मायाद्वारा अति ठूलो हुरीबतासको सिर्जना गर्नुभयो। आमैले आँधीको भयले आफ्ना वस्तु भित्र लगेर बाँधिन। प्रातःकालमा वृद्धाले गाईले सुनको गोबर गोब्र्याएको देखिन, उनको आश्चर्यको सीमा रहेन र त्यसपछि मात्र ती आमैले प्रतिदिन गाईलाई घरभित्र नै बाँध्न थालिन। उता छिमेकी वृद्धा सुनको गोबर प्राप्त गर्न नसकेर ईर्ष्या र डाहले पिरोलिना थालिन अनि केही उपाय नदेखेर तिनले त्यस देशको राजाका सभामा गएर पोल लगाइन् ( महाराज ! मेरो छिमेकमा एउटी वृद्घासँग यस्तो गाई छ जुन हजुरहरू जस्ता राजाहरूसँग मात्र हुनुपर्ने हो, किनभने सरकार ! त्यस गाईले नित्य एक थाप्रो सुनको गोबर गोब्र्याउने गर्दछ। हजुरले नै त्यो गाई प्राप्त गर्नु पर्दछ र त्यसबाट प्राप्त सुनद्वारा प्रजाको पालन गर्नु पर्दछ, आखिरी त्यस वृद्घाले त्यत्तिका सुनले के गर्छे र ? राजाले यस्ता कुरा सुनेर आफ्ना दूतलाई वृद्घाका घरबाट गाई लिई आउन आज्ञा दिए। वृद्घा प्रातःकालमा ईश्वरलाई अर्पण गरेको भोजन ग्रहण गर्न लागेकी थिईन् त्यत्तिकैमा राजाका कर्मचारीले गाई खोलेर लगे। आमैले अनेक तरहले विलाप गरिन् रोइन कराइन् तर कर्मचारी(समक्ष उनको जोड चलेन। त्यस दिन वृद्घाले गाईको वियोगका कारण भोजन गर्न पनि सकिनन र रातभरि रोई(रोई ईश्वरसँग गाई पुनः प्राप्त होस भन्ने कामनाले प्रार्थना गरिरहिन। उता राजा गाई देखेर असाध्यै प्रसन्न भए, तर बिहान उनी उठ्दा, सारा महल गोबरैगोबरले भरिएको देखियो। राजा यस्तो दृश्य देखेर अत्तालिए। दिनभर राजा चिन्तित रहे, तर भगवानले अर्को रात सपनामा राजालाई भन्नुभयो ( हे राजा ! गाई जहांबाट ल्याएको हो त्यहीं फर्काउनुमा तिम्रो कल्याण हुनेछ। मिले वृद्धाको आइतबारको व्रतको प्रभावबाट प्रसन्न भएर मैले उनलाई गाई प्रदान गरेको थिए। उज्यालो हुना साथ राजाले वृद्घालाई बोलाएर प्रशस्त धनका साथै सम्मान सहित गाईबाछा फिर्ता गरे। अनि छिमेकी कुटिल स्त्रीलाई बोलाएर उचित दण्ड दिए। यी कृत्य समापन हुनासाथ राजाको महलबाट फोहोर स्वतः हट्यो। त्यस दिनपछि राजाले नगरवासीहरूलाई उर्दी जारी गरे ( समग्र राज्यको तथा आ–आफ्नो समस्त मनोकामनापूर्तिका निम्ति आइतबार (रविवार)का दिन व्रत लिनु पर्छ, राजाको आदेशपछि व्रत गर्नाले नगरका नागरिकहरू सुखी जीवन व्यतीत गर्न थाले। त्यस राज्यभित्र कुनै पनि रोगव्याधि तथा प्रकृतिको प्रकोप हुन छाड्यो। सारा जनता सुखपूर्वक भगवानको भजनकीर्तनमा समय बिताउन थाले।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

KMJS ADS

Holler Box