१९ श्रावण २०७८, मंगलवार

म्यान्मारमा सेनाविरुद्ध दिनहुँ हजारौंको प्रदर्शन

वौद्ध धर्मगुरुहरु समेत आन्दोलनमा

म्यान्मारको सेनाले गत सोमबार गरेको कु को विरोधमा वौद्ध धर्मगुरुहरु सहित हजारौं मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ ।
प्रदर्शनकारीले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टको विनाशर्त रिहाई गर्न माग गरेका छन् । म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुनस्थित याङ्गुन विश्वविद्यालय नजिक २००० भन्दा बढी श्रम संगठन र विद्यार्थीहरु समेत सहभागी भएर सेनाको कदमको विरोध गरेका थिए । नेतृ सुकी र राष्ट्रपति मिन्टसहित दर्जनौं नेता तथा कार्यकर्तालाई सेनाले नजरबन्दमा राखेको छ ।
प्रदर्शनकारीलाई विश्वविद्यालयको मुलढोका बाहिर निस्कन नदिन दंगा प्रहरीले कडा पहरा दिएका थिए । पानीको फोहोरा फाल्ने दुई वटा ट्रक समेत तैनाथ गरिएको थियो । आइतबार सेनाले इन्टरेनटमा करिब पूर्ण अवरोध गरेको थियो जसका कारण ट्विटर र इन्स्टाग्रामसहित फेसबुक बन्द भएका छन् ।
म्यानमारमा सेनाले निर्वाचित संसदलाई जिम्मेवारी दिने दिनमा नै लिइएको सैन्य कदमले देश अशान्त बनेको छ । दंगा प्रहरीहरूले याङ्गुनलगायतका सहरको मुख्य भागहरूमा चोक तथा सडकहरूमा धरपकड बढाएको छ ।
म्यान्मारस्थित अमेरिकी दूतावासले सेनालाई सत्ता परित्याग गर्न र प्रजातान्त्रिक तरिकाबाट निर्वाचित सरकारलाई पुनर्वहाली गर्न तथा नजरबन्दमा रहेका नेता तथा कार्यकर्तालाई रिहा गर्न, दूरसंचार अवरोध हटाउन तथा हिंसाको प्रयोगलाई निरुत्साहन गर्न आग्रह गरेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button