२४ बैशाख २०७८, शुक्रबार

विकराल बन्दै लागु औषधको नसा ।

वसन्त गौतम
बाँके बर्दियाका प्रहरी हिरासतमा पक्राउ परेका मध्ये झण्डै दुइतिहाई थुनुवाहरु लागु औषध मुद्दाका भेटिन्छन् । कारागारमा पनि अधिकांश कैदी बन्दीहरु लागु औषध मुद्धाका छन् । अझ डरलाग्दो पक्ष त के छ भने पछिल्लो समय १५÷१६ उमेर समुहका बालकहरु देखि ४०÷४५ नाघेका ब्यक्तिहरु समेत लागु औषधको नसामा फस्दै गएका छन् ।
हरेक महिना यस्तो छैन होला जसमा लागु औषध मुद्धामा पक्राउ परेका नहुन । भरिया, सेवनकर्ता र कारोवारीहरु मध्ये कति नेपालमै पक्राउ पर्ने गरेका छन् भने कति सिमावर्ती रुपैडियामा । पछिल्लो समय बिभिन्न कारणले लागु औषध सेवनकर्ताहरु बढ्दै जादा यसले ब्यक्तिको ब्यत्तित्व मात्र नष्ट गरेको छैन घर परिवार, समाज र राष्ट्रलाई नै नौक्सानी पु¥याइरहेको छ । लागु औषधको सेवनले ब्यक्तिको ब्यत्तित्व त नष्ट गरेकै छ त्यसको कारणबाट चोरी, लुटपाट, बलत्कार र घरेलु हिंशाका घटना घटाउनमा समेत मद्धत पु¥याइरहेको छ । ब्यक्तित्वको बिकाश र राष्ट्र निमार्णमा लाग्नु पर्ने उर्जावान युवाहरु लागु औषधको दलदलमा फस्दा जिवनलाई नै बर्वादीतर्फ धकेल्दै गइरहेका छन् ।लागु औषध सेवनकर्ताहरु धनी बाबुका कुलतमा लागेका छोरा मात्र होइन गरिव परिवारका बालबालिकाहरु पनि अछुतो रहन सकेका छैनन । बालक देखि बृद्धसम्म र धनी देखि गरिव सम्मलाई लागु औषधको नसाले छुन थालेको छ । विद्यार्थी होस वा मजदुर सबै क्षेत्र र बर्गका मानिसहरु लहै लहैमा साथी भाईको संगत अनि कारोवारीको जालमा परेर लागु औषधको नसामा फस्ने गरेका छन् । अचम्मको कुरा त के छ भने कामको परिमाण बुझन नसकेका ग्रामिण भेगका महिलाहरु समेत पैसाको लोभमा भरिया बन्दा कानूनको फन्दामा पर्ने गरेका छन् । स्कूल कलेजका बिद्यार्थी देखि होस्टेलसम्म लागु औषधका तस्करले संजाल फैलाउदा उच्च शिक्षा हासिल गर्न लाखौ खर्चेर बसेका कैयौ बिद्यार्थीहरुले जीवनलाई नै अन्धकारतिर धकेली रहेका छन् । ब्यक्तित्व बिकाशको उर्जावान समयलाई लागु औषधको धुवामा उडाइरहेका छन् ।अध्ययनहरुले रोल्पा रुकुम, दाङ्ग, सुर्खेत लगायतका जिल्लाका अशिक्षित र न्यून आय भएका महिलाहरु लागु औषधको कारोवारमा भरियाको रुपमा प्रयोग हुने गरेको पाईएको छ । लागु औषधको अबैध कारोवारमा भरियाको रुपमा ग्रामिण क्षेत्रका अशिक्षित महिला मात्र होइन, पुरुषहरु र बालबालिकाहरु प्रयोग हुने गरेका छन् । लाखौको चलखेल हुने लागु औषधको कारोवारमा पाँच, दश हजारको लोभमा परेकाहरु बर्षौसम्म चिसो सिडीमा पर्ने गरेका छन् भने कारोवारीहरु बिरलै थुनिने गरेका छन् । पक्राउ परि हाले पनि तिनीहरु भरसक पैसामै मिलाउन खोज्दछन् । थुनाकेन्द्रसम्म नपुगी बाटैबाट छुट्ने गर्दछन् । भित्र भित्रै संजाल निर्माण गरी करोडौको अवैध कारोवारमा संलग्न तस्करहरु कानूनको नजरबाट बच्न अनेक उपाय रच्ने गर्दछन । आफ्नो परिचय नदिई बिचौलीयाहरु मार्फत भरियालाई काम लगाउने गर्दछन् ।

बालक देखि बृद्धसम्म र धनी देखि गरिव सम्मलाई लागु औषधको नसाले छुन थालेको छ । विद्यार्थी होस वा मजदुर सबै क्षेत्र र बर्गका मानिसहरु लहै लहैमा साथी भाईको संगत अनि कारोवारीको जालमा परेर लागु औषधको नसामा फस्ने गरेका छन् ।

कानूनको नजरबाट बच्न उनीहरु अगाडी देखा पर्दैनन । पर्दा पछाडीबाट कालो धन्दा गर्नेहरु नया नया तरिका अपनाउदै प्रहरी प्रशासनलाई छक्याउने गर्दछन् ।लागु औषध नियन्त्रणका लागी २०३३ सालमा बनेको लागु औषध नियन्त्रण सम्बन्धी कानून अहिलेसम्म पनि बिद्यमान रहेको छ । बर्तमान बदलिदो परिस्थितिमा ४१ बर्ष अघि बनेको कानून अप्रयाप्त र अपुरो महशुस हुदै गएको छ । कानूनको अज्ञानता र बाध्यताबस भरियाको रुपमा प्रयोग भएका र अपराध अनुसन्धानमा सहयोग पु¥याउनेहरु उपर यो कानून उदार बन्न सकेको छैन ।२०३३ साल आश्विन १० गतेबाट लागु भएको लागु औषध नियन्त्रण सम्बन्धि कानून बिरुद्ध हुने गरि नेपाल अधिराज्यबाट वा नेपाल अधिराज्य भित्र कुनै लागु औषध निकासी वा पैठारी गरी बिदेशमा बसी ब्यापार गर्ने नेपाली वा बिदेशीको हकमा यो कानून लागु हुने गर्दछ । त्यस्तो काम गर्ने ब्यक्तिलाई जहाँ बसी गरेको भए पनि निजले गरेको सो काम कारवाही नेपाल अधिराज्य भित्र गरेको सरह सम्झी यसै बमोजिम कारवाही गरि सजाय हुने गरि बहिक्र्षेत्रीय प्रयोगको ब्यवस्था गरिएको छ । गाँजाको खेती गर्न, उत्पादन गर्न, तैयारी गर्न, खरिद गर्न, बिक्रि वितरण गर्न, निकाशी वा पैठारी गर्न, ओसार पसार गर्न, संचय गर्न वा सेवन गर्न, अफिम वा कोकाको खेती गर्न वा अफिम वा कोकाको पात वा अन्य लागु औषधको उत्पादन गर्न, लागु औषधको निर्माण तथा पैठारी गर्न, लागु औषधको बिक्रि बितरण गर्न, लागु औषधको निकाशी वा पैठारी गर्न, लागु औषधको खरिद गर्न, संञ्चय गर्न वा ओसार पसार गर्र्ने र गाँजा बाहेक अन्य लागु औषधको सेवन गर्ने कार्य समेतलाई यो कानूनले निषेध र नियन्त्रण गरेको छ ।लागु औषध सम्बन्धि अपराधमा कसुदरदारले गरेको अपराध र बरामद भएको परिणामको प्रकृती अनुसार सजायको बर्गिकरण गरि कडा सजायको ब्यवस्था गरिएको छ । सानो परिणाममा लागु औषध बरामद भएका र सेवनकर्ताहरु पनि अपराध अनुसन्धानको लागी ९० दिनसम्म प्रहरी हिरासतमै बस्नु पर्ने बाध्यता यस ऐनले गरेको छ । यातायात, संचार र प्रबिधिमा सहज पुहँच नभएको तत्कालिन अवस्थालाई मध्यनजर राखेर बनाइएको यो कानून र अपराध अनुसन्धान पद्धतीमा ब्यापक सुधार हुन जरुरी भै सकेको छ । सर्वसाधारणको सदाचार स्वास्थ्य सुबिधा र आर्थिक हित कायम राख्नको लागी लागु औषधको खेती, उत्पादन, निर्माण, खरिद बिक्री संचय ओसार पसार सेवन तथा निकाशी पैठारी समेतमा नियन्त्रण गर्न बाच्छनिय भएकाले ल्याइएको यो कानूनले आफ्नो उद्देश्य अनुसारको कार्य गर्न अझै धेरै काम गर्न बाँकी रहेको छ ।अन्तमा टाठाबाठा र लागु औषधको अवैध कारोवारलाई मुख्य पेशाको रुपमा अपनाउने कुख्यात अपराधीहरु कानूनको नजरमा उम्कीरहने र पैसाको लोभमा भरिया बनाईएकाहरु मात्र पक्राउ पर्ने कार्यले अबैध लागु औषध नियन्त्रणमा गंभिर चुनौती बनेको छ । अतः लागु औषधको अबैध कारोवार नियन्त्रण गर्नका लागी यसको मुल जरो सम्म पुग्न जरुरी छ । सतही रुपमा गरिएको अपराध अनुसन्धान र प्रयोग गरिएका दुई चार जना भरियालाई पक्राउ गर्दैमा लागु औषधको अबैध कारोवार नियन्त्रण हुन सक्दैन ।भारतीय सिमावर्ति क्षेत्र रुपैडियाका मेडिकल पसल मार्फत अल्लारे युवा, रिक्सावाला र टाँगावाला मार्फत गराईने अबैध कारोवार रोक्न अव प्रभावकारी कदम चाल्न जरुरी छ । फोहरको मुहान बन्द नगर्दा सम्म फोहर बानी बगीरहने भएकाले मुख्य तस्कर र कारोवारीहरुलाई कानूनी दायरा ल्याउनका लागी प्रहरी प्रशासनले आमसर्वसाधारण र सरोकारवालाको साथ र सहयोग लिन जरुरी छ भने आमसर्वसाधारण र नागरिक समाज लगायतका सरोकारवालाहरुले पनि लागु औषध नियन्त्रणको अभियानमा प्रहरीलाई साथ दिन उत्तिकै जरुरी छ ।साथी भाईको लहै लहैमा लागेर र मानसिक पीडा हटाउन भन्दै लागु औषधको नसामा फस्दै गरेका ब्यक्तिलाई अपराधीको रुपमा लिई कानूनी कारवाही मात्रै गर्ने भन्दा पनि त्यसलाई मानसिक समस्याको रुपमा लिई उनीहरुलाई परामर्श र पुनस्थापनाको ब्यवस्था गरिनु पर्दछ । (लेखक गौतम अधिवक्ता हुन )
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button