२४ बैशाख २०७८, शुक्रबार

साँस्कृतिक परम्पराभित्र दशैको महत्व

सरिता श्रेष्ठ,
हिन्दु नेपालीहरुको महान् चाडका रुपमा दशैमा लिइन्छ । दशै सुरु भए लगत्तै तिहार, छठ लगायतका चाडपर्वहरु पनि लगत्तै रुपमा आउने गर्दछ । त्यस्ता चाडपर्वले एउटा छुट्टै आनन्दको अनुभूति दिलाएको आभास गर्न सकिन्छ । हर्ष, उल्लासका साथ आउने चाडपर्वले बेग्लै रौनकता छाइदिन्छ । भिन्न खुसी प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई परिवर्तनतिर ढालिदिन्छ । त्यसैले त चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गर्दछ ।
हिन्दुहरुको महान् चाडको रुपमा दशै हर्सोल्लासका साथ हामी मनाउछौँ । टाढा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । दशैमा टिका र जमरा, पिङको मज्जालाई छुट्टै अर्थका रुपमा लिइन्छ । नेपाली जनस्तरमा हर्ष उल्लासको वर्षासँगै धार्मिक, साँस्कृतिक प्रभावको पनि उत्तिकै संकेतको सुचना दिएको हुन्छ । त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पूकारिन्छ ।
दशै दश दिनसम्म विभिन्न तरिकाले रमाइलो गरी मनाइने हुनाले यसलाई दशैको नामले परिचित गरिएको भन्ने बुझिन्छ । घटस्थापनाको दिनमा विभिन्न थरीको विउविजनहरु उमारी नौ दिनसम्म विविधत रुपमा पूजापाठ गरी उमारिएको जमरा दशौँ दिनमा ग्रहण गरिने हुनाले पनि दशैलाई खास महत्वपूर्ण चाडको रुपमा लिइन्छ । दशौँ दिनमा घरपरिवार आफन्तजनहरुसँगै बसी टिका र जमराका साथसाथै आर्शीवाद आदानप्रदान गर्ने चलन छ । दशै दिनमा लगाउन सुरु गरिएको टिका पूर्णिमाको दिनसम्म लगाइन्छ । टाढा टाढा भएका आफन्तजन कहा जानको लागि मौका मिल्नेछ ।
दशै परापूर्वक कालदेखि नै मनाउँदै आएको धार्मिक एवम् साँस्कृतिक परम्परा हो । यस पर्वसँग विभिन्न देवी देउताको नामहरु पनि जोडिएको छ । राम र रावणको युद्ध, देवी र महिषासुर आदिसँग जोडिएको पाइन्छ । दशैमा महालक्ष्मी, सरस्वतीको पूजा गरी शक्ति आर्जन गर्न सकिने विश्वासकै कारण दशैलाई खासगरी शक्ति र साधनाको रुपमा पनि मनाउन थालिएको हो ।
दशैमा नयाँ कपडा लगाउने, मासु चिउरा खाने परम्परा नयाँ नभएतापनि आधुनिकताले जरो गाडेको वर्तमानमा भिन्न किसिमले सदिऔँको परम्परामा निखराता प्रदान गरेको अनुभुति दिलाउँछ । आफ्ना आवश्यकतालाई ध्यानमा राखेर मात्र औसत खर्च गर्नु उपयुक्त होला । नत्र दशैको नाममा दशा भित्रिने कुरामा बहुमत छैन । दशैलाई हिन्दु नेपालीहरुले हर्षउल्लाषका साथमा मनाउने गरिन्छ । टाढा टाढा रहेका घर परिवार, आफन्तजन, साथीभाईहरुको भेट हुने संगम स्थल पनि यही बेला मिल्ने गर्दछ । आपसमा माया, स्नेह, सद्भाव साटासाट गन, खुसीयाली गर्ने मौका यसै समयमा मिल्ने गर्दछ । दशैलाई विभिन्न दश दिनसम्म विभिन्न तरिकाले मनाइने गर्दछ ।
पहिलो दिन हिन्दुहरुको महान् चाड दशैको पहिलो दिनलाई घटस्थापना पनि भन्ने गर्दछ । यसै दिनदेखि विविधत् रुपमा दशैको सुरुवात भएको मानिन्छ । यस दिन विभिन्न जौ, गहुँ मकै लगायतका विभिन्न अन्नवाली गेडागुडी छर्ने गर्दछ । कलश दीप बाली जमरा राख्ने परम्परा रहि आएको छ । बिहानै नुवाइधुवाई गरेर देवीलाई खुसी पार्न सुन्दर चोलाको कपडा, काँचो धागो, काइँयो लगायतका बस्तुहरु चढाइने गर्दछ । त्यस्तै दोस्रो दिन पनि बिहानै नुहाईधुवाई गरिन्छ । त्यसपछि पूजाआजा गर्ने चलन छ । अघिल्लो दिन राखिएको जमरामा पानी हाल्ने पनि गरिन्छ । पूजाआजा गरी देवीलाई शौभाग्यका सामानहरु (सिन्दुर, ऐना, काइँयो, चुरा लगायतका सामानहरु) चढाइने चलन रहेको छ । तेस्रो दिन पनि दोस्रो दिनकै जस्तै हुन्छ । र देवीलाई गाईको दुघ चढाएर प्रशन्न बनाइन्छ । यस दिन चन्द्राघण्टा देवीको पूजा गरिन्छ ।
चौथौँ दिन कूष्माण्डा नाम गरेको देवीलाई विशेष पूजा गरिन्छ । देवीलाई खुसी बनाउन बाँसको कचौरामा मह र सख्खर चढाइन्छ । र नैवेधको रुपमा चढाइन्छ । पाँचौँ दिन स्कन्दमाता नामकी देवीको पूजाआजा गरिन्छ । देवीलाई खुसी बनाउन साडी र ओढ्ने चढाइन्छ भने नैवेधको रुपमा केरा चढाइन्छ । छैटौँ दिन कात्यायनी नामको देवीलाई पूजेर पूजा गरिन्छ । देवीलाई प्रशन्न बनाउन विभिन्न थरीका गहनाहरु चढाइन्छ । यस दिन खासगरी वेलको पातलाई पूजा गरिन्छ । र नैवेदको रुपमा मह चढाइन्छ ।
साँतौँ दिन कालरात्री देवीको पूजा गरिन्छ । साथै फूलपाती भित्रयाउने पनि भनिन्छ । यस दिन सरस्वतीको पूजा पनि गरिन्छ । साथै केरा, दाडिम, धान, हलेदो, वेलपत्र, अशोक, जयन्ती, उखु र माने जस्ता नौवटा चिजहरुको प्रयोग गरी फूलपाती भित्राइन्छ । यस दिन नैवेदको रुपमा चिनि चढाइन्छ । आठौँ दिन महागौरी देवीको पूजा गरिन्छ । विभिन्न पशुपन्छिहरुको पूजा गरि बली चढाउने र भजन कृतन गर्ने पनि गरिन्छ । यस दिन नैवेखको रुपमा नरिवल चढाउने चलन छ ।
नवौँ दिन सिद्धीयात्री देवीको पूजा गरिन्छ । यस दिन देवीलाई रागा, बोका, परेवा, पाठी आदि भोग चढाइन्छ । नवमीकै दिन नवदुर्गाको स्वरुप मानी नौ जना कन्याहरुलाई पनि पूजा गरि भोजन, वस्त्र दिने चलन छ । यस दिन नैवेदको रुपमा लाबा चढाइन्छ । दशौ दिन विशेष हुने गर्दछ । घटस्थापनाको दिनमा उमारेको जमरा र रातो टिका लगाइन्छ । आफन्त साथीभाईहरुसँग रमाइलो गर्ने मौका पाउन्छ । नौ दिनसम्म गरेको कार्यहरुबाट दशै दिनसम्म आइपुग्दा समान्यतया दशैको अन्त्य भएको मानिन्छ ।
यसरी दशदिनसम्म विभिन्न नित्यकार्यका साथ दशैलाई मनाइन्छ । पारिवारीक जमघटलाई सार्थकता दिइन्छ । खुसीयालीले जीवन्तलाई आन्नदको महशुस गराइन्छ । त्यसैले हामीले यस्ता परम्परालाई जीवन्तभर जोगाइराख्नु पर्छ । नासिन दिनु हुदैन । नयाँ पुस्ताहरुमा पनि जागृत गराउने बानी बसाल्नु पर्छ । अनि मात्र आनो मौलिक धार्मिक, साँस्कृतिक परम्पराको जगेर्ना हुनेछ ।
समय र युगसँगै मानिसका इच्छा आकाच्छाहरुमा पनि परिवर्तनको वादल तेस्रिएको छ । समयसँगै मानिसका आवश्यकता र चाहनालाई पनि क्रमश दिनप्रतिदिन बढाउदै गइरहेको छ । धेर थोर भएपनि मिठो खाउ, राम्रो लगाउ, सुख ,सयलसँग बस्ने इच्छा हरेकमा हुन्छ । यसमा पनि आधुनिकताले जरो गडाएको छ । लवाइ, खुवाइमा पनि परिवर्तनको संकेत देखाइदिएको छ । यसमा हामी आफै सर्तक हुनु जरुरी देखिन्छ ।
यतिबेला मानिसहरु भूकम्पको पीडा बिर्सेर दशैलाई उल्लासमय वातारवरणमा मनाउदै छन् । आफूसँग जे छ, जस्तो छ त्यहि वातावरणमा मनाउन लागि परेका छन् । यसले पनि नेपालीहरुमा महानताको भावनाको सन्देश दिलाएको अनुमान गर्न सकिन्छ । यसले नेपालीवासीलाई सच्चा गौरवान्वित दिलाउँछ ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button