४ आश्विन २०७८, सोमबार

सेवाग्राही कुट्ने अध्यक्ष पक्राउ

दाम्लाले बाँधेर सेवाग्राही युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका-२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।

साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

‘वडा अध्यक्षलाई पक्राउ गरेर ल्याइरहेका छौं, उहाँलाई कानून बमोजिम कारबाही हुन्छ, स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउँछौं,’ प्रहरी निरीक्षक पाण्डेले भने ।

पीडितलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन् । पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुने प्रहरीले जनाएको छ ।

‘हामीले पीडितलाई जाहेरी दिन आग्रह गरेका छौं, पीडितले जाहेरी नदिए पनि कानून बमोजिम कारबाही हुन्छ,’ उनले भने ।

स्रोत : काँचुलीखबर .

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button