१८ मंसिर २०७८, शनिबार

पर्यावरण, विपत्ति र विनाश

आलेख

सानो भएपनि निकै मन छोयो । कहिलेको हो मलाई भने थाहा भएन । हेर्दा भने पक्कै पनि बनावटी भने हैन जस्तो लागेको छ । सामाजिक सञ्जालमा एउटा भिडियोले सबैको मन जितेको छ । खासमा भिडियोमा एउटा कागले व्यस्त सहरको बाटोमा फालिएको पानीको बोतललाई आफ्नो चुच्चोले च्यापेर नजिकै राखिएको फोहोरको कन्टेनरको छेउतिर रहेको सानो प्वालबाट भित्र छिराउँछ । वास्तवमा यो भिडियोमा देखिएको दृश्य कसैका लागि सामान्य हुन सक्ला तर सोच्ने हो भने यो भिडियोमा कागको सानो कृयाकलापले भने सारा मानव जगतलाई नै एउटा महा अनुशासनको पाठ सिकाएको छ । यति मात्रै हैन अहिले बाटोघाटो जतातै देखिने फोहोर अनि यस्तो फोहोर गर्ने फोहोरी मानिसहरुलाई गतिलै चेतनामूलक झापड हानिदिएको छ । पक्षी भएर पनि पर्यावरणप्रति यति चिन्ता र चासो छ भने मानवलाई यसको कुनै पनि पर्वाह नै छैन । बेमतलव, बिन्दास हिँडिरहेका छन् । तर आफूलाई निकै सज्जन अनि महान् र सभ्य ठान्दछन् । कागको तुलनामा त हामी निकै असभ्य, अनुशासनहिन कर्महरु गरिरहेका छौँ । एकपटक गम्भीरताका साथ सोच्नै पर्छ कि !यसैगरी केही दिन अघि नेपालगञ्जको व्यस्त सडकमा म पनि एक यात्री बनेर व्यस्ततामा योगदान दिँदै थिएँ । चर्को चर्को हर्न बजाउँदै एउटा नगरबस म निर बाट हुँइकिदै ओभरटेक गर्यो । यसैबीच बसको ढोकामा दायाँ हातले ढोकामा समाएर बायाँ हातले साइड दिँदै अगाडि पुग्दै गर्दा ढोकामा बसेका तीनै झिल्के खलासी भाइले कपाल मुसार्दै साइड दिँदै गरेको हातले एउटा गुट्खाजन्य पदार्थको प्याकेटलाई दाँतले च्यातेर पुरै प्याकेटमा भएका चिजबीजहरु आफ्नो आहार केन्द्रमा प्रवेश गराए । यो उनका लागि सायद महान् कार्य थियो । खाएपछि फुर्र फुर्र मुखबाट धुलो पनि निकाले अनि भने चारबाहिनी… चारबाहिनी…. जमुनाहा…. साथमा रहेको उक्त पदार्थलाई प्याकिङ गरिएको प्लास्टिक बसकै ढोकाबाट हुर्याइदिए । मनमनै लाग्यो सायद यो अधिकांश नेपालीहरूको आचरणलाई यो घटनाले प्रतिविम्बित गर्छ । अनि मैले सोचेँ, मोटरसाइकलको स्पिड अलि बढाएर नजिकै गएर सम्झाइ बुझाई गरौँ कि भन्ने ! अनि स्पिड बढाउने यत्न पनि गरेँ । तर, फेरि सम्झेँ यो त कलीयुग पो हो, अनि बढाउन लागेको मोटरसाइकलको एक्सिलेटर फेरि घटाएँ । मनमनै सम्झिरहेँ यसरी फालिएको त्यो प्लास्टिकको खोलले अब कति दिनसम्म त्यो स्थानलाई कुरुप बनाउने होला ?मानिस यति स्वार्थ र मतलवी भैसकेको छ कि आफ्नो स्वार्थ बाहेक अरु कुरामा योगदानको कुरा त परै जाओस् सोच्न पनि सक्दैन । कहिलेकाहीँ विभिन्न देशका तस्वीहरु देख्दा कति आनन्द लाग्ने गर्छ । त्यहाँको पर्यावरणीय आकर्षण साँच्चिकै मनमोहक हुने गर्दछन् । एक हिसाबले ईष्र्या पनि लाग्दछ । खै कसरी सक्छन् यति सुन्दर पार्नका लागि । तर हामीमा भने कसैले गरेको प्रयासको समर्थन सहयोग त परै जाओस् खेदो खन्ने परम्परा रहेको पाइन्छ । अनि कसरी बन्छ यो समाज अनि कसरी पूरा हुन्छ र हरित सपनाहरू ? यी त केवल घोषणपत्रका खजानाहरु मात्र हुने गर्दछन् । यहाँ त मात्रै शक्ति, सत्ता र पैसाका लागि मात्रै सबै खेलखण्ड भएका छन् । कुनै पनि कुरामा विरोध त गरिन्छ तर विरोध मात्र विरोधका लागि भएका छन् । कतिपय ठूला ठूला घटनाहरुका दोषीहरू त्यसै उम्किरहेका छन् । यस्ता खालका घटनाहरू केही वर्षको अन्तरालमा कतै गुफाभित्र हालिन्छ ।बेहिसाब गरिने प्रकृतिको दोहनको कुरा पनि उत्तिकै डरलाग्दो रहेको छ । पैसा कमाउने दाउमा धमाधम जलाधार क्षेत्रहरूको दोहन गर्ने र ती क्षेत्रहरुबाट नदीजन्य पदार्थहरूको दोहन गर्ने क्रम जताततै देखिएको छ । यसका साथै प्राकृतिक सम्पदाहरूको संरक्षणका बारेमा दिगो रुपमा चासो दिएको भने पाईंदैन । नीति नियमहरू बन्न त बनेका छन् तरपनि त्यस्ता नीति नियमहरूको प्रभावकारी कार्यान्वयन भएको पाईंदैन । यो मुलुक यस्तो भैसकेको छ यहाँ न्यायमूर्तिहरू नै विवादमा मुछिन्छन् अनि न्याय खोज्न कहाँ जाने त अब ? यस्तो परिस्थिती एकातिर छँदैछ भने अर्कातिर निर्माणका क्रममा भएको अव्ययस्थित कार्यहरुका कारणले गर्दा पनि विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरु निम्तिइरहेका छन् । भर्खरै मात्र असोज अन्तिममा आएको बेमौसमी वर्षाको कारण ठूलो धनजनको क्षतीले देशभर तहसनहस पारेको छ । अझ स्याहार्ने बेलाको धानलाई नराम्ररी क्षति पु¥याएको छ । खेतमा धान उम्रेर फेरि व्याड जस्तै दृश्यहरू देखिएका छन् । यसरी उब्जेको परिस्थितीले अब अन्नको भण्डार मानिएको तराईमा यसपालि भने धानको उत्पादनमा ह«ास आउने देखिएको छ । यसले गर्दा नेपालमा खाद्य सङ्कटको सम्भावनालाई नकार्न सकिँदैन । खाद्यान्न अभाव हुन जाँदा धानको आयात बढ्न गई मुलुकको व्ययभारमा वृद्धि हुने देखिन्छ । यति मात्र हैन आयातित वस्तुको मूल्य पनि बढी हुने भएकोले यसको मार आम जनतामा नै पर्ने देखिन्छ ।
यसरी हेर्दा सम्पूर्ण कुराहरुको असरको विन्दु भनेको नै पर्यावरण नै हो भन्न सकिन्छ । यहाँ बजार सफा राख्ने भनेर फोहोर उठाउने अभियान त सञ्चालन गरिएको छ । तर यो पनि त्यति प्रभावकारी देखिदैन । फोहोर उठाउनका लागि सामान्य ट्रयाक्टरहरूको प्रयोग गरिएको हुन्छ । यस प्रकारका साधनहरुले फोहोर एकातिर उठाउने अर्कातिर पोख्दै हिँड्दा पनि बजारभर प्रदुषण फैलाउन मद्दत गरिरहका हुन्छन् । यति मात्र कहाँ हो र सडेगलेका चिजवस्तुहरुलाई राख्दा त्यसबाट उत्सर्जित हुने दुर्घन्धित पानीले पनि जताततै प्रदुषण फैलाएर महामारी निम्त्याउने जोखिम पनि उत्तिकै रहन्छ । जब फोहोर उठाउने प्रचलन हुन्छ तब मानिसले पनि फोहोर फाल्न थाल्छ । फोहोर उठाउने भन्दा पनि फोहोरको व्यवस्थापनका लागि फोहोर कर्तालाई नै सचेत बनाउन सक्ने हो भने यो भन्दा उत्तम केही हुन सक्दैन । यसका लागि विद्यालयका बालबालिकाहरुदेखि नै यो कार्यक्रमको शुरुवात गर्नुपर्ने देखिन्छ । सकभर पत्रु खाद्यवस्तुहरु बहिस्कार गर्ने र घरमै तयार गरेका खाद्य वस्तुहरु मात्र खानका लागि प्रोत्सहान गर्ने । खानै परेमा भने उत्सर्जित फोहोरहरुलाई आफैले उचित व्यवस्थापन गर्ने बानीको विकास गराउने पर्ने देखिन्छ । ह्या ! उसले त फालेको छ क्यार, मैले फाल्न के हुन्छ? भन्ने संकीर्ण मानसिकताले गाँजेका कारणले गर्दा पनि दिनानुदिन फोहोर गर्ने र गाउँघर, बाटोघाटो, समुदाय जताततै फोहोरै फोहोर देखिन्छ । अझ पछिल्लो समयमा सबैभन्दा बढी फोहोर गर्नेहरु गुट्केहरू नै देखिन्छन् । खान त जान्दछन् तर आफूले खाएपछि निस्केको प्लास्टिकलाई उचित तरिकाले व्यवस्थापन गर्न जान्दैनन । वास्तवमा हामीमा चेतना र इच्छाशक्ति हुने हो भने यो असंभव कुरा भने होइन । सबैले गर्न सक्ने हो भने समुदायमा कायापलट आउन सक्छ ।
यस आलेखमा अर्को प्रसङ्ग पनि राख्न मन लाग्यो । कतै कतै निकै राम्रा प्रयासहरु भएका छन् । जुन प्रयासहरु निकै अनुकरणीय र लोभलाग्दा छन् । सुन्दरताका लागि आम जनमानसको स्तरबाट भएका प्रयासहरु निकै सह«ानीय छन् । कतै कतै भने सार्वजनिक रुपमा भएका प्रयासहरूलाई संरक्षण गर्नका लगि भने समुदाय स्तरबाट त्यति चासो दिएको पाइँदैन । ग्रीनबेल्टका रुपमा रहेका स्थानहरू एकातिर व्यवस्थित रुपमा बनाइएका छैनन भने अर्कातिर आम जनमानसले हरियाली बनाऔँ वृक्षारोपण गरौँ भन्ने मानसिकता नै नभएको पाइन्छ । कहिँ कतै लगाइएका विरुवाहरूको संरक्षण नभएको पाइएको छ । पालिकाहरुबाट लगानी लगाएर रोपिएका विरुवाहरूको संरक्षणको त कुरा छाडौँ तिनै विरुवाहरुको संरक्षण भएको पनि देखिँदैन । बाटोमा हिँड्दै गर्दा बाख्रालाई घाँस खुवाउँनका लागि सजावटका लागि लगाइएका बिरुवाहरुमा बाँधिएका थिए भने कतै भने तिनै विरुवाहरुका हाँगाहरु काटेर घाँसको रुपमा प्रयोग गरेको पनि देखियो । कसैले कसैका कुरा सुन्नेवाला छैन । आफूले योगदान गर्ने कुरा त परै जाओस् अरुद्वारा गरिएका प्रयासहरुलाई पनि कुनै कोणबाट संरक्षणका लागि सहयोग नभएको देख्दा निकै उदेक लागेर आउँछ । उसले यस्तो गरेको छ, मैले गर्न के हुन्छ भन्ने साँघुरो मानसिकताका कारणले गर्दा पनि पर्यावरणको संरक्षण र संवद्र्धन हुन सकेको छैन ।
हाम्रा यस्तै प्रकारका व्यवहारहरुले गर्दा नै समय समयमा प्रकृतिले नै सजाँयको रुपमा माहाविपत्तीहरूलाई निमन्त्रणा दिइरहेको छ । तसर्थ, सर्वप्रथम हामीले जबसम्म हाम्रा गलत बानीहरुलाई सुधार गर्दैनौँ तबसम्म प्रकृतिले नियमित रुपमा दुःख दिइरहने छ । सचेत बनौँ, सजग बनौँ, बेलैमा सोचौँ ।
धन्यवाद

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button