११ जेष्ठ २०७९, बुधबार

किसान चोक र अबको किसान आन्दोलन-पोमराज शर्मा

व्यङ्ग्यात्मक विश्लेषण

यदि तथ्यांक मिथ्याङ्क होइन भने के जाति प्रधान देशका ती सबै प्रधान वास्तविक प्रधान बनुन्न् यहीँ छ,शुभकामना ।
तर दुर्भाग्य अबका दिनमा सञ्चालन हुने किसान आन्दोलनको पटाछेप यस्तो देख्दछु । अब नेताहरु यस चोकमा धमाधम आउने छन् अनि आफ्ना क्रान्तिकारी स्वरहरु हार्रहार्ती ओकेल्ने छन् अनि यी किसान चोकका किसानहरूले हत्केला दुखुन जेल धपडी बजाउने छन् । पहिलो नेताले जोड जोडले भन्ने छन् ,यो ७३% वाला किसान होइन २७% वाला किसान चोक हो ।हो हो हामीले ताली बजाउने छौँ ।यस चोकले वास्तविकताको प्रतिनिधित्व गरेन भन्ने आवाज उठ्ने छ,यही अवसरलाई अर्को महान क्रान्तिकारी नेता सदुपयोग गर्दै यो त मुक्त कमैया होइन ,सदुरपश्चिमको हलिया हो यसले हाम्रो प्रतिनिधित्व गर्दैन भन्ने आन्दोलन छेड्ने छन् । यहीँ चोकमा अर्का महान किसान नेताले यिनी कन्द्रा आन्दोलन र थुम्नी आन्दोलनमा सरिक भएका किसान होइनन् ।यिनले त जमिनदारकोमा बर्षौ देखि खेती गर्दै आएको किसानलाई प्रतिनिधित्व गर्छन् ,हामी वास्तविक किसानको प्रतिनिधित्व गर्दैन अब फेर्नु पर्छ भन्ने आन्दोलन छेड्छन्। अर्का नेता यहीँ चोकमा फेरि नारा घन्काउछन्,यो त जनजाति किसान होइन ,खसआर्य किसानको प्रतिक भयो ,भन्ने छन्,त्यसै बिच अर्को किसान नेताले थप्ने छन्,बर्दियाका आदिवासीजनजातिको नभएर अर्कै पर्यो ,यो बदलिनु पर्छ भन्ने आन्दोलन छेड्ने छन् ।आन्दोलनको शिलशिलामा मधेस प्रदेशका किसान नेताले यसै चोकमा अर्को बुलन्द आवाज उठाउने छन् यस किसानले लगाएको धोतीले हाम्रो प्रतिनिधित्व गर्दैन तुरुन्त फेरिनु पर्छ,भन्ने आन्दोलन घोषणा गर्नेछन् ,अनि हामी किसानले ताली ठोक्ने छौँ ।अर्का महान नारीवादी किसान नेता आउनेछन् अनि उनले समावेशीता अनि समानताका कुरा उठाउदै नारीपुरुष एक रथका दुई पाङग्रा भन्ने अनि महिलालाई किन स्थान दिइएन भन्ने आन्दोलन छेड्ने छन्।अनि कुनै समाजशास्त्र अध्ययन गरेका किसान नेताले यो त दङ्हा किसान हो,आदिवासी देसौरी किसान होइन ,यसलाई तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने आन्दोलन चलाउने छन् ।किसानको सधै भलो चिताउने नेताको रुपमा आफुलाई चित्रित गर्न अर्का किसानवादी नेताले यो शालिक अधुरो भयो ,एकहल गोरु पनि हुनुपर्यो,अनि मारे घामपानीबाट ओत लाग्नका लागि छतरी ओडाइनु पर्छ,यो किसान माथि सरासर अन्याय भयो भन्ने आन्दोलन छेड्ने छन् ।त्यति कैमा होलीवाइनबाट सिन्चित किसान नेता यसै चोकमा आएर अर्को आन्दोलन छेड्ने छन्,यस किसानले त रातो टिका र माला लगाको रच अगरबत्तीको वास्ना आउँछ यसले हाम्रो प्रतिनिधित्व गर्दैन यसलाई बदल्नु पर्छ भन्ने आन्दोलन छेड्ने छन् ।हामी किसानले पुनः ताली ठोक्ने छौँ ।यस चोकलाई विभिन्न कोणबाट नजर हुनेछ ,कसैले यसले लगाएको कोटमाथि प्रश्न उठाउने छन्,कसैले टोपी अनि कसैले यसले लगाएको धोतीको साइज अनि पहिरनको तरिका माथि ।आफुलाई आधुनिक किसान नेता मान्ने ले बोकेको परम्परागत हलो माथि प्रश्न उठाउने छन् ? यसरी बर्दियाको किसान आन्दोलन युगौयुग चल्ने छ।यहीँ मौका छोपी धर्मानन्द पाध्यहरुले यहाँका सोझा छिमेकी धनजिते र गुमानेहरुलाई जुधाएर क्रान्तिको आगो बाल्ने छन् अनि यहीँ क्रान्तिको आगाका रापमा काठमाडौंमा बसेका आशामरु साहुले रोटी सेकेर खानेछन्।
किसान चोकका किसानहरु साँझ पख भोको पेट लिएर आफ्नोे चिसो ओछ्यानमा नयाँ युग आगमनको सपना देख्दै निदाउने छन्।
यो उपक्रम थियो ,छ र रहिरहनेछ ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button