२४ बैशाख २०७८, शुक्रबार

बाँके र दाङका तीनजना संक्रमितको नेपालगन्जमा मृत्यु

बाँकेको नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एकजनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३० बजे मृत्यु भएको हो ।

यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मंगलबार बिहान २ः४० बजे मृत्यु भएको छ ।

यस्तै दाङको तुल्सीपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएकी ७४ वर्षीया महिलाको मंगलबार बिहान ६ः२० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

स्रोत : अनलाइनखबर

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button