२९ जेष्ठ २०७८, शनिबार

विश्वविद्यालयका सकारात्मक र नकारात्क पक्षहरु : कविन्द्र भट्टराई

बाँके विश्वविद्यालयको प्रसङ्ग

देशको प्रगति बिना देशवासीलाई सुख र समृध्दी कदापि हुँदैन । अहिलेको यो विषम परिस्थितिमा देशको सबै शक्ति कोभिडको विरूध्दमा लडिरहनु परेको छ । त्यसो भनेर अरू सबै काम ठप्प राख्न पनि त सकिँदैन किनकि मानव मस्तिष्क नै चलायमान हुन्छ । सुख र समृध्दि सबै काल परिस्थितिमा एकै प्रकारबाट प्राप्त हुने पनि हैन । प्रगतिशिल मानव शासन ध्यान, ज्ञान हुँदै विज्ञानको युगमा प्रवेश गरेको छ । परापूर्व कालमा ऋषिमुनिहरू ध्यान गर्थे त्यो युग ध्यानको युग थियो । त्यसपछि ज्ञानको युग शुरू भयो भने अहिले विज्ञानको युग हो । अहिले मानिस विज्ञानबाट सिर्जित घडिको आवाज सँगै उठ्छ भने विज्ञानकै सिर्जना रेडियो, टि भि अनि इन्टरनेटबाट समाचार आदान प्रदान गरि रहेको हुन्छ । अहिलेको अवस्था विज्ञानलाई पर राखेर केहि पनि गर्न नसकिने अवस्था हो ।

विज्ञान सँगै जोडिएर आउने कुरा हो प्रविधि । विज्ञान र प्रविधि दुई फरक कुरा भए पनि एक अर्काका परिपूरक हुन् । यसलाई सजिलो अर्थमा रुखको बोट र त्यसको फलसँग दाज्न सकिन्छ । विज्ञान भनेको रूख हो भने प्रविधि भनेको फल हो । फल मिठो मान्नेले रूख रोप्नु पर्दछ । अर्थात मिठो फलखान खोज्नेले बोटलाई मलजल गर्नु पर्दछ । सबै विज्ञानको आधारशिला साधारण विज्ञान हो । नेपालमा त्रिभुवन विश्वविद्यालयले साधारण विज्ञानका सबै जसो विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी गराउँछ । यसका अलवा काठमाण्डौं विश्वविद्यालयले पनि धेरैजसो विषयमा शिक्षा दिँदै आएको छ ।

विज्ञान र प्रविधिको अध्ययन अध्यापन महंगो र खर्चिलो हुन्छ । बोट उमार्न खर्च लाग्छ भनेर फल किनेर खानु भनेको कालान्तर सम्मकोलागि नकारात्मक सोंच हो । त्यकारण विज्ञान र प्रविधिका नयाँ नयाँ आयामहरूको बारेमा खोज अनुसन्धानात्मक अध्ययन अध्यापन आवश़्यक छ । यसका लागि अबका विश्वविद्यालयहरूले ध्यान दिन आवश्यक छ ।

बाँकेवासीको अथक परिश्रमका कारण प्रदेश सरकारले खजुरामा प्रदेश विश्वविद्यालय स्थापना गर्न लागेको छ । अहिलेको यो विज्ञान प्रविधिको युगमा यो विश्वविद्यालयले पनि प्राविधिक शिक्षालाई नै प्रथमिकतामा राख्नु पर्ने देखिन्छ । त्यसो भन्दैमा अन्य साधारण र सामाजिक विषयहरुलाई पनि स्थान दिनु पर्दछ । यहाँ कुन कुन र कस्ता विषय समेट्दा राम्रो होला भनेर भन्दा पनि यसका सकारात्मक र नकारात्मक प्रभावबारे केहि मात्रमा चर्चा गर्न लागिएको छ ।

१. सामाजिक असर:
विश्वविद्यालय खजुरामा स्थापना भएपछि यहिको माटोसँग सुहाउँदो शिक्षा समेटिने छ । जसको फलस्वरूप यहाँका स्थानियका रिति रिवाज पनि अध्ययन अनुसन्धानका विषय बन्ने छन् । यहाँको भाषा साहित्यको अध्ययन अनुसन्धान हुनेछ । यसले गर्दा एक थरिका व्यक्ति र परिवारको विभिन्न कुराको जानकारी अर्को समाजका व्यक्ति र परिवारलाई हुने भएकाले सामाजिक सद्भाव बढ्ने छ । समाजमा सामाजिक एकता कायम हुनेछ ।

यति मात्र नभएर यहाँका स्थानिय मौलिक प्रविधीहरूको बारेमा समेत खोज अनुसन्धान हुनेछन् । यी हाम्रा निधि हुन जसका बारेमा विदेशी विद्यार्थीले समेत खोज अनुसन्धान गर्न आउनेछन् । हाम्रा मौलिक प्रविधिको प्रचार प्रसार हुने छ । यसले गर्दा सामाजिक सम्बन्ध मजवुत हुनेछ ।
विदेशी विद्यार्थी समेत अध्यन गर्न आउने हुँदा विदेशी लवाइ खवाइको प्रभाव समेत पर्ने छ ।

२. आर्थिक प्रभाव : 
विश्वविद्यालय बनेपछि त्यसको संचालन खर्च बापत प्रदेश सरकारले करोडौँ रकम बाँकेमा लगानी गर्ने छ । जसको प्रत्यक्ष फाईदा बाँकेवासीलाई हुने छ । यसैगरी विदेशी विद्यार्थी पनि अध्ययन गर्न आउने हुँदा विदेशी मुद्रा समेत आर्जन हुनेछ । यत्रो रकमको लगानि बाँकेमा हुँदा यहाँ धेरै संभावनाको ढोका खोल्नेछ ।
खजुरामा विश्वविद्यालयका लागि विभिन्न भवनहरूको निर्माण समेत हुनेहुँदा निर्माण सामग्रीहरूको व्यापार समेत राम्रो हुनेछ ।

३. रोजगारीको सिर्जना:
विश्वविद्यालयका लागि आवश्यक मावन स्रोतको व्यवस्थापन गर्नु पर्ने हुन्छ । प्रत्यक्षरूपमा प्राध्यापकहरू र विभिन्न कर्मचारीहरूको दरवन्दि सिर्जना हुन गइ रोजगारीका अवसर खुल्नेछन । जसमा बाँकेवासीले यथेष्ठ लाभ लिन सक्नेछन । त्यति मात्र नभइ अप्रत्यक्ष रोजगारीका अवसरहरू समेत सिर्जना हुनेछन् । जस्तै होटल व्यवसाय फस्टाउनेछ, विभिन्न यातायातका साधनहरूको बिक्रि वितरण बढ्नेछ ।

 ४. शैक्षिक उन्नयन :
यहाँ विश्वविद्यालयको स्थापना भयो भने सबैभन्दा बढी त यहाँको शैक्षिक उन्नयन नै हुने हो । यहाँका विद्यार्थीले सहज रूपमा उच्च शिक्षा अध्ययन गर्न पाउनेछन् । ं२ पास गरेर पनि विभिन्न कारणबाट उच्च शिक्षाबाट बन्चित हुनपुगेका यहाँका उर्जाशिल विद्यार्थीहरूले  कम लागत र सहजरुपमा उच्च शिक्षा प्राप्त गर्न सक्नेछन्। त्यसैगरि यहाँ रहेका अन्य व्यक्तिहरूले पनि सहज रूपमा आफ्नो शैक्षिक गुणस्तर  बृध्दि गर्न सक्नेछन ।
विदेशी विद्यार्थीलाई समेत सहज तरिकाले शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने छ । यसले गर्दा त्रि. वि. का आङ्गिक क्याम्पसहरूलाई समेत शैक्षिक स्तर अभिवृध्दी गर्न प्रेरित गर्नेछ ।

५. खोज अनुसन्धान:
यहाँको विश्वविद्यालयले यहीका रिति, रिवाज, कला, साहित्यलाई प्रथमिकतामा राखि खोज अनुसन्धान गर्ने हुँदा लोपोउन्मुख विभिन्न संस्कृतिको खोज अनुसन्धान हुनेछन् ।
त्यति मात्र कहाँ हो र यहाँ रहेका विज्ञान प्रविधिका हाम्रा मौलिक कुराहरू समेत अध्ययन अनुसन्धान हुन गई हाम्रा प्रविधिहरू समेत विश्वव्यापिकरणमा प्रवेश हुनेछन् । त्यसैगरि वि वि ले भित्र्याउने नयाँ प्रविधिहरू समेत यहाँ आइ पुग्नेछन् ।

६. राजनैतिक प्रभाव:
भनिन्छ व्यापारले तुरुन्त फाईदा दिन्छ भने खेतिले वर्षदिनमा । त्यसै गरि उद्योगले  पाँच सात वर्षमा फाइदा दिन्छ भने शिक्षाले दशकौँ पछि ।त्यकारण दशकौँ सम्म समाजमा प्रभाव पार्ने भनेको शिक्षा नै हो । यदि बाँकेमा रहेको खजुरामा विश्वविद्यालय स्थापना भयो भने यसको श्रेय स्थापनाकर्तालाई जाने छ र दशकौँसम्म त्यसको सकारात्मक असर राजनितिमा समेत पर्नेछ । त्यसकारण वि वि स्थापना जस्तो पवित्र कार्यमा सबै राजनितिक दल लाग्ने नै छन् ।

समानुपातिक विकाशको सिध्दान्तलाई अंगिकार गर्दै विश्वविद्यालय संचालन गर्नु पर्दछ । जसमा विभिन्न प्राविधिक संकायहरू प्रदेशका बाह्रवटै जिल्लामा हुने गरि संचालन गर्नु उपयुक्त हुनेछ । जसको लागि क्रमशस् विभागहरू थप्दै लैजानु पर्दछ । एकै पटक सबै संकाय सञ्चालन गर्न गार्हो हुन्छ त्यकारण चरणगत रूपमा संकाय स्कुलहरू बढाउँदै लैजानु पर्छ ।

अहिलेसम्मका वि. वि. हरूको नेतृत्व त्रिभुवन विश्वविद्यालयकै प्राध्यापकहरूले गरेकोले मातृ वि वि त्रि. वि. भन्दा कुनै पनि हालतमा माथि उठ्न नदिने कुत्सित प्रयास देखिन्छ । जसको परिणाम देशका कुनै पनि वि। वि। (काठमाण्डौं वि. वि. बाहेक) त्रि. वि. भन्दा उत्कृष्ट हुन सकेका छैनन् । आयातित नेतृत्वले जागिर त खायो तर वि। वि। लाई कछुवा भन्दा पनि कम गतिमा हिडायो । त्यकारण यो वि वि लाई गतिशिलरूपमा हिंडाउँन यहिको मानव स्रोत यहि वि. वि. को स्थायी व्यक्ति लाई प्रयोग गर्नु पर्दछ ता कि उसले आफ्नो वि. वि. लाई अरू वि. वि. भन्दा चुस्त र गतिशिल रूपमा अगाडि बढाउनेछ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button