४ आश्विन २०७८, सोमबार

लिच्छवीकालीन संक्षिप्त इतिहास : शरद ओझा “मेदिनीराज”

इतिहास

नेपाल परापुर्व कालदेखीनै वास्तुकलाले सम्पुर्णतया सम्बृद्ध राष्ट्र हो । नेपाली कला सँस्कृतीले देश भित्र मात्र नभई बिदेशहरुमा पनि आफ्नो गरिमा फैलाएका प्रशस्त उदाहरणहरु भेटिन्छन् । सातौ शताब्दीमा ल्हासाको उदयपछी नेपालको कैलासकुट भवन र ल्हासा दरवार आपसमा सम्बन्धी भए । नेपाली राजकन्या भृकुटीको बिवाह सम्राट स्रङ्ग चन गम्पो सित भएको देखिनै उत्तरतिर नेपाली कला सँस्कृतीको प्रवाह देखिन थाल्यो ।
भृकुटीले आफ्नो साथमा लगेकी अक्षोभ्य, मैत्रेय र ताराका मुर्तीहरु ल्हासा नगरको मध्य भागमा स्थापित भए । यसप्रकार यिनी भृकुटी मार्फत भोटले बौद्ध धर्मको प्रथम शिक्षा ग्रहण गरेकोले यीनलाई भोटे अनुश्रुतिहरुमा बौद्ध देवी अथवा तारा भनिएको छ । यिनै भृकुटीलाई अझै पनि हरित तारा भनेर पुजिन्छ । नेपालको पगोडा शैलीको सामन्जस्य दक्षिणको कन्नड प्रदेश ( मलवार) मा देखिएका केहि जैन मन्दिरहरुसित भएको वेनसेण्ट स्मिथले लेखेका छन ।( VA Smith- History of fine arts in India and Ceylon) तर हाम्रो देशमा बिधमान तथ्यहरुको आधारमा यस्लाई मान्न सकिँदैन । उनले नान्यदेवको १२ औ शताब्दीको समयलाई उधृत गर्दा, नेपालमा सातौ शताब्दी देखिनै चिनिया यात्रीहरुले बिभिन्न उत्कृष्ठ कलाकृतीको बर्णन गरेको तथ्यहरु छन । लिच्छवी बँशावलीमा राजा शिवदेवको पालामा राजसत्ता गोकर्णको पुरानो दरवार मानगृहबाट हटेर देवपाटनमा बनेको एक नया नौ तल्ले दरवारमा सारिएको थियो भनेर लेखिएको छ । यो नया भवन कैलासकुट नै थियो भन्ने कुरामा शँकै छैन ।कैलासकुट भवनको स्थापनाकाल ५९८ ई हो भनेर प्रमाणित गरिएको छ । चिनिया यात्रुहरुको बृतान्त अनुसार उक्त प्रासादको मध्यमा तामाको झिँगटी हालेको एक सात तल्ले बुर्जा थियो । यस्का बारदली, अगेना, खम्बअ, दलिन एव्ँ त्यहाँका प्रतेक बस्तुमा उच्च कोटीको बहुमुल्य रत्नहरु जडित थिए । बुर्जाको चारैतिर कुनामा तामाका धाराहरुबाट जल तल बग्दा सुन्दर झरनाझैँ भान हुन्थ्यो । अनेक पटक चिन र भारत ओहोरदोहोर गरेका प्रशिद्ध चिनिया यात्री वाङ्ग हुवेनले पनि नेपालमा यस्ता अनेक श्रेष्ठ भवन र देवल देखेका थिए, उन्को भनाई अनुसार नेपालको यस्तो सुन्दर कला भवनहरुको अगाडी चिनिया कुनै पनि भवन पर्दैनथ्यो । यस्तै अर्को भवन भद्राधिवास पनि अद्वितिय थियो । यो भवन सुन्दर मात्र नभई यस्को प्रतेक तल्लामा एकैपटक दस हजार मानिस बस्न सक्दथे । नेपालको धातुकला, जडाउ काम र मुर्तीकलाको चर्चा पनि वाङ्ग हुवेनले कैलासकुट भवनकै क्रममा गरेका छन । तान्त्रीक बौद्ध धर्मको जगमा खडा भएको यो गरिमामय रुप अनेक कलाकृतीहरुमा देखिन्छ । काठमा गरिने सुक्ष्म कारीगरी सायदै नेपाल बाहेक बिश्वमा कहिँ देख्न पाईन्छ । नेपालको यस धर्ममुलक कलाले धर्मकै बाटो पहिल्याउँदै भोट र चिन तत्पस्चात दक्षिणपुर्वका अनेक बौद्ध देशहरुमा आफ्नो परोक्ष र अपरोक्ष प्रभाव फैलाएको थियो । यधपी यस समयका कुनै निश्चित प्रमाण भेटिन्न तर पनि यात्रीहरुको बर्णन ले यसलाई दरिलो पुष्टी भने गर्दछ । चाँगुनारायण र पशुपति मन्दिरको निर्माणमा पनि लिच्छवी कला देखिएको हुनुपर्दछ । मल्लकाल- नेपालको ईतिहासमा भुपतिन्द्र मल्लको नाम उन्ले बनाउन लाएका दरवार र देवलहरुले सदा उज्ववल राख्नेछन ।भादगाउँ दरवार अगाडी उन्को जुन स्वर्णमण्डित मुर्ती छ, त्यस्मा राजचिन्हका अतिरिक्त बास्तु र मुर्तीकलामा उपयोगी कसीहरु पनि देखिन्छ्, जस्ले उन्को उक्तबेलाको कलाप्रेम स्पष्ट हुन्छ । उन्को बास्तुकलाको प्रेम न्ह्यातपोल देवल ले पनि प्रकट गर्दछ । आफ्नो पाराको यस अद्वितिय पाँचतले देवल छोटो समयमानै निर्माण सम्पन्न गरिएको थियो । यी भन्दा अरुपनि अनेक देवलहरु भुपतिन्द्र मल्लले बनाएको बँशावलीमा भेटिन्छ ।
उनले आफ्नो समयमा बाराही, कुमारी र बैष्णवीको देवलहरु बनाई तिन्को पुजा पनि शुरु गराएका थिए । पुस्तकहरुमा ललितपुरको कुम्भेश्वर मन्दिर जयस्थितीमल्लले बनाएका हुन्, बेण्डालले कुम्भेश्वर मन्दिरमा भेटाएको अभिलेख अनुसार वि.सं. ५१२ मा  “परमेशवरपरमभट्टारकश्रीमानेश्वरीबारालब्धप्रसादासुरनारायणेत्यादीबिबिधबिरुदराजावलीपूर्वकृयासमालङ्कारमहाराजधिराजश्रीश्रीमजयस्थि तीराजमल्लदेव” लेखिएको छ । मानेश्वरी यिनकी कुल देवी थिईन । प्रताप मल्ल बँशावली अनुसार ने स ७५९ ( १६३९ ई) मा काठमाण्डुको राजसिँहासनमा बसे । फारसी लिपीमा “कविन्द्रजयप्रताप मल्ल” र ने स ७६१ अँकित ईन्को मुद्राबाट पनि ईन्को त्यसबेलाको अस्तित्व प्राप्त हुन्छ । ईनैले काठमाण्डौ दरबारमा प्रसिद्ध हनुमानढोका को निर्माण गराएका थिए । हनुमानको मुर्ती स्थापना गरे बिभिन्न भुत-बाधा देखी मुक्ती मिल्दछ भन्ने यस पछाडीको अभिप्राय थियो । सिद्धिनरसिँह मल्लले एकदिन सपनामा आफ्नो दरबार अगाडी राधाकृष्णको दर्शन पाएपछी त्यहि स्थलमा राधाकृष्णको एक बिशाल मन्दिर बनाउन लगाए । यो २१ गजुर भएको नगर शैली अथवा आर्यकला शैलीको मन्दिर आजसम्म पनि एक महत्वपुर्ण दर्शनिय स्थल अथवा पुरातात्विक महत्वको बस्तु रहेको छ । मन्दिरमा रहेको शिलालेख अनुसार यसकाे निर्माण १६३७ ई ( ने सँ ७५७) बुझिन्छ । सम्राट अशोकले बौद्ध धर्मको अझै ठुलो मुर्त प्रतिक चैत्य खडा गरेर बौद्ध धर्ममुलक वास्तुकलाको प्रसार गरे । यसरी अशोकका चैत्यको साथै यसै समयदेखि नेपालमा पनि बास्तुकलाको एक बिशेस परिपाटीको बिकास भयो । स्वयम्भु चैत्य यसको एक महत्वपुर्ण नमुना हो । यसै प्रकारको आधारमा पछिसम्म पनि अनेक ठुला साना चैत्यहरु निर्माण भए । नेपालको कलामा धर्म द्वारा कलालाई अनि कलाद्वारा धर्मलाई जनरुची अनुकुल बनाउने प्रयास हुनथाल्यो । तत्कालिन समयमा बौद्ध र हिन्दू धर्मको समन्वयले यस कार्यमा सहायता पुग्न थाल्यो ।
जहाँ हामी बौद्ध धर्मका प्रतिक नेत्र,स्तुप,बोधीबृक्ष,प्रफुल्ल कमल आदि देख्छौँ भने हिन्दू धर्मका बिश्वास अनुसार मकर,नाग, बज्र,गरुड, अप्सरा, यक्ष,सिँह ले पनि उत्तिकै स्थान पायो । बस्तुत, ई लगायत अन्य थुप्रै प्रामाणिक तथ्यहरुको अध्ययनबाट लिच्छवी र मल्लकालमा हाम्रो देशमा मुर्तीकला, बास्तुकला, काष्टकला ईत्यादीको राम्रै शुरुवात भएको देखिन्छ । लिच्छवीकालका ऐतिहासिक धरोहरहरुका प्रमाण आज कतिपय देख्न नपाईए पनि मल्लकालमा बनेका दरबार, मन्दिर, देवल तथा अन्य कतिपय सप्रमाण अझै देख्न सकिन्छ ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button