५ आश्विन २०७८, मंगलवार

मधुवन नगरपालिकाको पछिल्लो अवस्था : जोखिम कायमै (कुराकानीको भिडियो सहित)

साडे तीन सय पीडित १२ जनाको मृत

बर्दियाको मधुवन नगरपालिकामा साडे तीन सय जना कोभिड सङ्क्रमित भएका छन् । अहिलेसम्म १२ जनाको ज्यान गएको छ ।

यस अवस्थामा हाल नगरपालिकाले अक्सिजन सहित सम्पूर्ण खर्च पालिकाले नै बेहोर्ने गरी १५ बेडको आइसोलेसन कक्षको निर्माण गरेको नगरप्रमुख गणेश  बहादुर क्षेत्री “कृष्ण” ले समग्र नेपाल डट कमलाई बताउनुभएकाे छ । एक हप्ता अत्यावश्यकीय वस्तुहरु बाहेकका सम्पूर्ण व्यवसायहरु बन्द गरेर १० गतेदेखि भने केही खुकुलो गराइएकाे वहाँले बताउनुभयाे । पालिकाको स्वास्थ्यकर्मीको टीम,  जनप्रतिनिधी सम्पूर्ण संयन्त्रसहित अहोरात्र खटिएको बताउनुहुँदै उच्च मनोबलका साथ हामीे कोभिडमाथि बिजय प्राप्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । कोभिडमाथि बिजय हासिल गर्नका लागि पालिकाका सम्पूर्ण राजनैतिक व्यक्तित्त्वहरु, बुद्धिजिवी, युवाहरु सबैको साथ र सहयोग प्राप्त भैरहेको बताउनुहुँदै विकाशप्रेमी युवा समूहले कोभिड अस्पतालमा रहेका बिरामी तथा बिरामी कुरुवाहरुलाई खानाको  व्यवस्थापन गरिरहेको बताउनुभयो ।

यसैबीच मधुवन नगरपालिका वडा नं. ९ स्थायी ठेगाना भइ हाल  मलेसियामा कार्यरत हर्कदेव पुरीले मधुवन नगरपालिकामा रहेको कोभिड १९ अस्पताल व्यवस्थापनका लागि १० हजार १ सय १० रुपैंया नगद सहयोग शिक्षक एवम् समग्रनेपाल डटकमका प्रधान सम्पादक प्रभात सुवेदीमार्फत उपलब्ध गराउनुभएकोमा सम्पूर्ण नगर वासी र नगर सरकारकाे तर्फबाट मधुवन नगर प्रमुख गणेश बहादुर क्षेत्री(कृष्ण) ज्यूले हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँकाे वैदेशिक वसाइ शुभ र उपलब्धिमुलक हाेस भन्ने कामना गर्नुभएकाे छ ।

सहयोगदाता हर्कदेव पुरी

 

 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button