मेलम्चीमा कति क्षति ? सबैमा सहयोगको अपिल

मनसुन सुरु भएसँगै आएको बाढीका कारण प्रभावित भएका सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु लगायतका स्थानीय तहहरुले सहयोगका लागि आह्वान गरेका छन् ।
मेलम्ची नगरपालिकामा मात्रै ५ सय बढी परिवार विस्थापित भएका छन् । नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै स्थानीयको उद्दार, राहत र पुर्नस्थापना तथा भौतिक संरचना पुर्ननिर्माणका लागि सहयोगको अपिल गरेको हो ।
अझै पनि नदीले भूमि कटानको काम जारी रहेको उल्लेख गर्दै नगरपालिकाले मेलम्ची सिटी पार्क, मेलम्ची बसपार्क, फाहोरमैला प्रशाधन केन्द्र लगायत अर्वौका योजनाहरु पूर्ण रुपमा बगाएको जनाएको छ ।
अहिले स्थानीय सरकारको नाताले सबै जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता रहेको नगरपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जनजीवन सामान्य बनाउने गरि राहत, उद्दार र पुर्नस्थापनाको काम गर्नुपर्ने भएकाले यो संकटको घडीमा आर्थिक सहयोगका लागि देशभरीका स्थानीय तह तथा अन्य व्यक्ति संघ संस्थालाई पालिकाले आग्रह गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘संकटको यो घडीमा सबै स्थानीय तहहरुबीचको भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै एक अर्काको दुःखमा सहयोग गर्ने परम्परालाई निरन्तरता दिँदै आफनो क्षमता अनुसार मेलम्ची बाढी पीडित तथा पुनः स्थापना कोषको नाममा रहेको खाता नम्बर १६१८००१०७०५०२०९०००००१ नेपाल बैंक लिमिटेड मेलम्ची शाखामा जम्मा गरिदिन आग्रह गर्दछौँ । खातामा प्राप्त रहमको सहि र पारदर्शी ढंगबाट दुपयोग गरी सर्वाजनिक गरिने प्रतिवद्धता पनि व्यक्त गर्दछौँ ।’