४ आश्विन २०७८, सोमबार

बर्दिया प्रहरीको निगरानी बढ्यो : सुन सहित मोटरसाइकल पक्राउ

तस्करी

बर्दियामा अवैध रुपमा बाेकी ल्याएको ६ लाख बराबरको ८६‍.६४ ग्राम सुनका गरगहना सहित स्कुटर पक्राउ गरिएको छ ।

सोमबार बेलुका बर्दिया जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ८ भादा पुलमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ७ बस्ने बर्ष २४ को दिपेन्द्र सिंह र वडा नं.३ बस्ने बर्ष २३ को अशोक लोध सवार रहेको अगाडी तर्फ लु ६२ प ६२२६ र पछाडी तर्फ लु ६२ प ६८२६ नम्बर लेखिएको स्कुटर रोकी खानतलासी गर्दा स्कुरटको डिक्की भित्र कागज पत्र (बिलभरपाई) नभएका अन्दाजी मुल्य रू. ६,४८,५०५ मुल्य बराबरको ८६.६४ ग्राम सुनका गरगहना फेला परेको हुँदा गरगहना रस्कुटर सहित निजहरुलाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताउनुभएको छ ।

यसैगरी  भाद्र ०१ गते  बर्दिया गुलरिया नगरपालिका वडा नं.६ भन्सार रोड स्थित जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ८ थपुवा गाउँ बस्ने  वर्ष २५ को हरिलाल मल्लाहले नम्बर प्लेट समेत नराखी चलाई ल्याएको अन्दाजी मुल्य रु. १,४०,०००/- बराबरको कालो निलो रङको BAJAJ PLATINA मोटरसाईकललाईरोकी कागजपत्र हेर्ने क्रममा उक्त मोटरसाईकल भारतबाट भन्सार छली गरी ल्याईएको पाईएको हुँदा मोटरसाईकल सहित निज हरीलाल मल्लाहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको समेत प्रहरीले जानकारी दिएको छ ।

 

 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button